हेटौंडाको कोरोना संक्रमिक महिलालाई भरतपुर पठाइयो
गुगलपाटी संवाददाताहेटौंडा : हेटौँडाकी कोरोना संक्रमित महिलालाई चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा पठाइएको छ । हेटौडा १ चौकीटोलमा घर भएकी २५ वर्षिय कोरोना संक्रमित महिलालाई उपचारको लागि भरतपुरको कोरोना विशेष अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
संक्रमित महिलाको घरलाई शील गरिएको उहाँले बताउनुभयो । यसका साथै हेटौँडामा सुरक्षा चेकजाँच थप कडा पारीएको उहाँको भनाई छ ।