हेटौंडामा स्थानीय तहका जनप्रतिनिधिहरुको भेला हुने
गुगलपाटी संवाददाता हेटौंडा,६ जेठप्रदेश नम्बर ३ का स्थानीय निकायका जनप्रतिनिधिहरुको भेला हेटौंडामा हुने भएको छ ।
मुख्यमंत्रीको कार्यालय हेटौंडाको आयोजनामा जेठ ७ र ८ गते हेटौंडामा हुन लागेको हो । प्रदेश नम्बर ३ को प्रदेशका १३ जिल्ला समन्वय समिति, १ सय १९ वटा स्थानिय तहका प्रमुख र उपप्रमुखको भेला हुने भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजनामा दुईदिने बैठक हेटौंडामा हुन लागेको र कार्यक्रम क्लब हेटौंडामा बिहानबाट शुरु गर्न लागिएको मुख्य मंत्री तथा मंत्री परिषदको कार्यालय हेटौंडाका उपसचिव निर्मला थापाले जानकारी दिइन् ।