हेटौंडा १ चौकीटोलमा ग¥यो शिल

गुगलपाटी संवाददाता
१४ जेष्ठ २०७७ ०८:५३

हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल बस्ने २५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि लगतै उनलाई भरतपुर पठाईयो । जिल्ला प्रहरी कार्यालयका प्रहरीटोली र वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने गएर शिल बन्दी गरिएको हो ।

उनी स्वाब दिएर कर्रास्थित आईसोलेसनमा नबसी घर मै बसेकी थिईन ।
टोलका मानिस बाहिर जान र बाहिरकालाइ प्रवेश गर्न पूर्ण रोक लागिएको छ भने अवाश्यता अनुसार अन्य स्थानमा पनि अवातजवात रोकिएको छ ।
यसैक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिपक नेपालले संक्रमितको घर आसपासका क्षेत्रहरु शिल गरिएको र आवश्यकताअनुसार थप क्षेत्रहरू शिल गर्ने जानकारी दिए ।