सन्दीपको टिम दिल्लीले मुम्बईलाई दियो १७५ रनको चुनौती

गुगलपाटी संवाददाता काठमाडौं
६ जेष्ठ २०७५ १२:४४

इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत जारी खेलमा  दिल्ली डेयर डेभिल्सले मुम्बई इन्डियनलाई ७५ रनको चुनौती दिएको छ। चार विकेटको क्षतिमा दिल्लीले पूरै २० ओभर खेल्दै मुम्बईलाई ठूलो स्कोरको चुनौती दिएको हो। दिल्लीका लागि रिसब पन्तले सर्वाधिक रन ६४ रन जोडे। उनले ४४ बल खेल्दा चार छक्का र चार चौकाको मद्दतमा ६४ रन बनाए।

दिल्लीका लागि ओपनर ब्याट्सम्यान पृथ्वी सा र ग्लेन म्याक्सवेलले राम्रो पदर्शन गर्न सकेनन्। पृथ्वी पहिलो विकेटको रुपमा ३.१ ओभरमा ८ बल खेल्दा १२ रन मात्र बनाएर आउट भए भने म्याक्सवेल १८ बलमा २२ रन बनाउँदा ४.१ ओभरमा आउट भए। दिल्लीका कप्तान श्रीयस ऐरीले १० बलमा ६ रन मात्र जोडे। दिल्लीका लागि विजय शंकरले  ३० बलमा ४३ रन जोडे भने अभिषेक शर्माले १० बलमा १५ रन जोडे।

आईपिएलको यो जिसनका लागि दिल्लीको यो अन्तिम खेल हो। अन्तिम खेलमा पनि दिल्लीले नेपाली युवा क्रिकेटर सन्दीप  लामिछानेलाई प्लेइङ ११ मा राखेको छ।  दिल्लीका लागि सन्दीपले यसअघि दुई खेल खेलिसकेका छन्।  दुवै खेलमा कसिलो बलिङ गरेका सन्दीपको चर्चा विश्वभर भइरहेका बेला आजको खेलमा समेत उनले राम्रो खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। प्लेअफबाट बाहिरिसकेको दिल्लीले हराएमा मुम्बई पनि प्रतियोगिताबाट बाहिरिने छ।

फिरोज शाह कोट्ला मैदानमा जारी खेलमा केही बेरमै मुम्बईले जवाफी ब्याटिङ गर्नेछ।