शुल्क तिर्न नसक्दा शव अस्पतालमा
गुगलपाटी संवाददाताधादिङ, झार्लाङ निवासी मैती तामाङको गत सोमबार ९जेठ १२ गते ० यहाँ मृत्यु भएको छ । झण्डै एक महिनाअघि छनानस्थित एक कन्स्ट्रक्सन कम्पनीमा काम गर्ने क्रममा एकतला माथिबाट लडेर उपचारका क्रममा उनको मृत्यु भएको हो ।
गत वैशाख १२ ‘आराबाइट’ काम गर्ने क्रममा लडेका उहाँको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रक्तश्रावका भएको थियो । घटनापछि तत्काल स्थानीय अस्पतलमा लगिए पनि उक्त अस्पतालमा उपचार असम्भव भएपछि तत्कालै छनानको थानगुक शिक्षण अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उहाँको गत सोमबार बेलुका मृत्यु भएको हो ।
तामाङ पाँच वर्षअघि भिजिट भिसामा कोरिया आई अवैधानिकरूपमा कोरिया बस्दै काम गर्दै आइरहेका थिए । अन्दाजी ४५ वर्षीय तमाङ अवैधानिक भएका कारण कुनै स्वास्थ्य बिमा नभएको र निजको उपचार खर्च लगभग एक करोड रुपियाँको बिल आएको उहाँकी बहिनी कविता तामाङले जानकारी दिनुभयो ।
यो हप्तासम्म बाँकी रहेको बिल तिरी तामाङको मृत्त शरीरलाई सदगद गर्न सम्बन्धित अस्पतालले आग्रह गरेको छ । तर रकम तिर्ने अवस्था नभएको भन्दै तामाङकी बहिनी कविताले कोरियाको विभिन्न सङ्घसंस्था, व्यापारी, श्रमिक दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।