हेटौंडा उपमहानगरपालिकामा सबै भन्दा बढी बजेट विनियोजन

गुगलपाटी संवाददाता
१७ जेष्ठ २०७७ ०७:५९

अर्थ मन्त्रालयले सात वटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख र स्थानिय तहलाई ३ खर्ब ६३ अर्ब रुपैयाँ बजेट विनियोजन सार्वजनिक गरेको छ । मकवानपुरको लागि विनियोजन भएको बजेटमा सबैभन्दा धेरै बजेट हेटौंडा उपमहानगरपालिका लागि ९८ करोड ८९ लाख विनियोजन भएको छ भने सबै भन्दा थोरै बजेट ईन्द्रसरोबर गाउँपालिकाको लागि २१ करोड ६ लाख विनियोजन भएको छ ।

त्यस्तै मकवानपुरको लागि छुट्याइएको बजेट मध्ये हेटौंडा उपमहानगरपालिकामा समानीकरण तर्फ ३२ करोड ७५ लाख, सशर्त अनुदान तर्फ ६६ करोड १४ लाख र कुल बजेट ९८ करोड ८९ लाख रुपैया रहेको छ ।
थाहा नगरपालिकामा समानीकरण तर्फ १३ करोड ६ लाख, सशर्त अनुदान तर्फ २५ करोड १५ लाख, समपुरक अनुदान २ करोड र कुल बजेट ४० करोड २१ लाख रहेको छ ।
बकैया गाउँपालिकामा समानीकरण तर्फ १२ करोड २३ लाख, सशर्त अनुदान तर्फ २६ करोड ६५ लाख र कुल बजेट ३८ करोड ८८ लाख रहेको छ ।
बागमती गाउँपालिकामा समानीकरण तर्फ १० करोड ८९ लाख, सशर्त अनुदान तर्फ १९ करोड ८९ लाख र कुल बजेट ३० करोड ७८ लाख रहेको छ ।
मकवानपुरगढी गाउँपालिकामा समानीकरण तर्फ ९ करोड ८९ लाख, सशर्त अनुदान तर्फ २० करोड ४४ लाख, विशेष अनुदान २ करोड २६ लाख र कुल बजेट ३२ करोड ५९ लाख रहेको छ ।
भीमफेदि गाउँपालिकामा समानीकरण तर्फ १० करोड ६ लाख, सशर्त अनुदान तर्फ १८ करोड ८१ लाख, विशेष अनुदान २ करोड र कुल बजेट ३० करोड ८७ लाख रहेको छ ।
ईन्द्रसरोबर गाउँपालिकामा समानीकरण तर्फ ७ करोड ३७ लाख, सशर्त अनुदान तर्फ १० करोड ९२ लाख, विशेष अनुदान १ करोड ६१ लाख, समपुरक अनुदान १ करोड १६ लाख र कुल बजेट २१ करोड ६ लाख रहेको छ ।
कैलाश गाउँपालिकामा समानीकरण तर्फ ९ करोड ३६ लाख, सशर्त अनुदान तर्फ १६ करोड ३८ लाख र कुल बजेट २५ करोड ७४ लाख रहेको छ ।

मनहरी गाउँपालिकामा समानीकरण तर्फ १२ करोड ५५ लाख , शर्त अनुदान तर्फ १८ करोड ४४ लाख र कुल बजेट ३० करोड ९९ लाख रहेको छ ।

राक्सिराङ गाउँपालिकामा समानीकरण तर्फ ९ करोड ८५ लाख, सशर्त अनुदान तर्फ १६ करोड १२ लाख, विशेष अनुदान २ करोड र जम्मा बजेट स् २७ करोड ९७ लाख रहेको छ ।