मकवानपुरको कोरोना संक्रमितलाई बाहिर जिल्ला नपठाउने
गुगलपाटी संवाददातामकवानपुरको हेटौँडा १० मा रहेको वन विज्ञान अध्ययन सस्थान ( फरेष्टी क्याम्पस) मा १५ शैयाको कोरोना क्वारेन्टाईन वार्ड स्थापना भएको छ । वार्डमा कोरोना संक्रमण पुष्टि भैसकेकाहरुलाई राखिने हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए । कर्रामा भिड भएकोले संक्रमित र अन्य व्यक्तिहरुलाई एकै ठाउँमा राख्दा कोरोना सर्ने सम्भावना बढि रहेको बताए ।
फरेस्ट्रीमा कोरोना पुष्टि भएको तर खासै स्वास्थ्य समस्या नभएकाहरुलाई मात्र राखिने पौडेलको भनाई छ । कोरोना पुष्टि भएका र आइसियु तथा भेन्टीलेटरमा राख्नुपर्ने विरामीलाई भने भरतपुर पठाईने समेत उनको भनाई रहेको छ ।