थाहानगरपालिकाका कृषकलाई तरकारीमा घाटा

गुगलपाटी संवाददाता
१७ जेष्ठ २०७७ ११:२८

थाहा नगरपालिका किसान अहिले खेतबारीमा आलु खन्न व्यस्त देखिन्छ । बेमौसमी तरकारी खेतीबाट प्रसिद्ध कमाएको थाहा नगरपालिकाका कृषकले लकडाउनको कारणले गर्दा आलुखेतीबाट नराम्रो घाटा व्यहोर्ने अवस्था देखिएको छ । प्रतिकेजी रू ४० भन्दा बढी मूल्यमा बीउआलु किनेर रोपेका किसानले आलुको विक्री गर्न पाएका छैन ।
यो वर्ष असिनापानीका कारण आलुको उत्पादन कम भएको कृषकहरुले बताएका छन । लगातार भएको वर्षाले गर्दा पनि आलुलगायत तरकारी उत्पादनमा गिरावट आएको उनीहरुको भनाइ छ । महँगो बीउ, मल, खनजोत, मजदूर ज्यालालगायत धेरै खर्च गरेर तरकारी खेती गरेका किसान तरकारीको बजारमूल्य ज्यादै न्यून भएपछि बीउको पैसा पनि नउठ्ने बताउँछन ।