हेटौंडामा खुकुरी सहित दुईजना पक्राउ

गुगलपाटी संवाददाता
१८ जेष्ठ २०७७ ०८:०४

जिल्ला प्रहरी  कार्यालय मकवानपुरले कारमा लुकाई राखेको खुकुरीसहित २ जनालाई पक्राउ गरेको छ ।  हेटौंडा–१० का ३४ बर्र्षीय रोज थापा मगर र हेटौंडा–४ का ३६ बर्र्षीय सुमन लामा लोप्चन रहेका छन । वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले बा १६ च ३७२९ नम्बरको कारमा लुकाई राखेको एक थान खुकुरीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया