मकवानपुरका ७ वर्षिय बालक कोरोना मुक्त

गुगलपाटी संवाददाता
१८ जेष्ठ २०७७ ०८:३३

मकवानपुरको थाहा नगरपालिकाका वडा नंबर ७ चल्तीका सात वर्षिय बालक कोरोना मुक्त भएको छ । सशस्त्र प्रहरीको कोरोना विशेष अस्पताल काठमाण्डौं चन्द्रागिरीमा रहेका बालक शनिबार कोरोना निको भएर घर फर्केका हुन् । उनलाई जेठ २ गते मा कोरोना पुष्टि भएको थियो ।
२९ बैशाखमा पालुङ हुँदै चन्द्रागिरी स्थित सतुङ्गल पुगेका बालकको परिवारमा भने कसैलाई पनि कोरोना देखिएको थिएन । बालकलाई कोरोना देखिएपछि परिवारका सबै सदस्यको पिसिआर परक्षिण गरिएको थियो ।

तपाईको प्रतिक्रिया