सर्लाहीमा एकै दिन थपिए ३८ जना कोरोना संक्रमित

गुगलपाटी संवाददाता
१९ जेष्ठ २०७७ १२:५८

मलंगवा :  सर्लाहीमा एकै दिन सबभन्दा बढी कोरोना भाइरस ९कोभिड(१९० को ३८ संक्रमित फेला परेका छन्। कविलासी नगरपालिकामा ३६ र हरिपुर नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो ।

कविलासीबाट फेला परेका संक्रमितको ११ वर्षदेखि ७५ वर्ष उमेर समूहका छन् । कविलासीमा फेला परेकामा ३३ जना पुरुष र एकजना महिला रहेका छन् । त्यसैगरी हरिपुर नगरपालिकामा ३२ वर्षीय पुरुष र उमेर नखुलेकी एकजना महिला संक्रमित फेला परेको छ । फेला परेकाहरु सबै भारतको मुम्बइबाट आएको कविलासीका मेयर कौशल यादवले जानकारी दिए ।

जिल्लामा संक्रमित राख्नका लागि बनाइएको कोभिड विषेश अस्पताल भरिसकेपछि सोमबार फेला परेका संक्रमितलाई कहाँ राख्ने विषयमा छलफल भइरहेको मोहनबहादुर जिसीले जानकारी दिएका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या १ सय ९ पुगेको छ।