क्वारेन्टाईन व्यवस्थापन, राहत उद्धार र परिक्षण बढाउन सांसद चौधरीको माग
गुगलपाटी संवाददातामधेशमा लगातार क्वारेन्टाईनहरुको अवस्था दनीय रहेको उजागर हुन थालेपछि क्वारेन्टाईन व्यवस्थापनको बिषय संसदमा पनि उठन थालेको छ । बारा क्षेत्र २ का संघीय सांसद तथा पूर्व मन्त्री उमाकान्त चौधरीले मधेशमा रहेको क्वारेन्टाईनहरु विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड विपरित रहेको बताउनु भएको छ।
संघीस सदनको शुन्य समयमा बोल्दै सांसद चौधरीले डब्लुएचआको मापदण्ड अनुसार व्यवस्थापन गर्नको लागि संघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारको समन्वयमा व्यवस्थापन कार्य गर्नुपर्ने माग गर्नुभयो।
अव्यवस्थित व्यबस्थापनको कारण क्वारेन्टाईन कोरोनाको संक्रमण उत्पादन ग र्ने थलोको रुपमा देखीन थालेको बताउँदै सांसद चौधरीले क्वारेन्टाईनको व्यवस्थापन तथा पिसिआर परिक्षणको दायरा बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । त्यसैगरी, सांसद चौधरीले राहत, उद्धार र परिक्षण तीनवटै पक्षलाई ध्यान नदिने हो भने नेपालमा कोरोनाको संक्रमण बढनुको साथै रोग र भोकले पीडित हुनेको संख्या बढ्नेतर्फ सरकारको ध्यानाकर्षण गराए।