रौतहटमा आज मात्रै थपिए ७४ जना कोरोना संक्रमित

गुगलपाटी संवाददाता
२० जेष्ठ २०७७ ०९:३८

रौतहट : रौतहटमा आज (मंगलबार) मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा १ महिलासहित ७४ जनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय रौतहटका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए। उनका अनुसार राजपुर नगरपालिकामा २१ जना, राजदेवी नगरपालिकामा १८ जना र दुर्गाभगवती गाउँपालिकामा १४ जनामा कोरोना पुष्टि भएको हो। यस्तै गौर नगरपालिकामा १३, परोहवामा ४, यमुनामाई नगरपालिकामा ३, गडीमाई नगारपालिकामा १ जनामा कोरोना पुष्टि भएको छ। संक्रमति सबैजसो भारतबाट आएर क्‍वारेन्टाइनमा बसिरहेकाहरु रहेको गुप्ताले जानकारी दिएका छन्। यससँगै रौतहटमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ३०७ पुगेको छ।

तपाईको प्रतिक्रिया