भिमफेदी गाँउपालिकामा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दो
गुगलपाटी संवाददाताभीमफेदी गाउँपालिकामा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या वृद्धि भएको पाइएको छ । भीमफेदीस्थित स्वास्थ्य केन्द्रमा हिजोआज सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सेवा लिने सेवाग्राहीको संख्या वृद्धि भएको छ ।
लकडाउनका कारण बजारका ठूला अस्पतालसम्म पुग्न असजिलो हुने भएकाले यहाँका महिलाहरु सुरक्षित गर्भपतन तथा प्रजनन स्वास्थ्य सेवा स्थानीय स्वास्थ्य केन्द्रबाट नै लिने गरेको भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनाम थिङले बताउनुभयो ।
तीन स्वास्थ्य एकाइ, चार स्वास्थ्यचौकी र चिकित्सकसहितको एउटा प्राथमिक स्वास्थ्य केन्द्र गरी आठ वटा स्वास्थ्यसंस्थामार्फत गाउँपालिकामा सबै प्रकारको स्वास्थ्य सेवा उपलब्ध भइरहेको गाउँपालिकाका अध्यक्ष थिङ्ले जानकारी दिनुभयो ।
भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा मासिक १० जनासम्मले सुरक्षित गर्भपतन सेवा लिने गरेको स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा हेर्ने स्वास्थ्यकर्मी जुना घिसिङले बताउनुभयो । सुरक्षित गर्भपतनका साथसाथै गर्भपतनपश्चातको परिवार नियोजन सेवा लिनेको दर पनि बढिरहेको छेखि निश्चित अवधिको गर्भपतन गराउन पाउने कानून बनेपछि जोसुकैले पनि कानूनीरूपमै र गोप्य तवरले अनिच्छित गर्भपतन गराउन पाउने घिसिङले बताउनुभयो ।