राक्सिराङको सुर्योदय माविमा ५० शैयाको क्वारेन्टाइन कक्ष

गुगलपाटी संवाददाता
२१ जेष्ठ २०७७ ०८:५९

हेटौंडाः राक्सिराङ् गाउँपालिकाले थप ५० शैयाको क्वारेन्टाइन कक्ष तयारी अवस्थामा ल्याएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् । बिदेशबाट आएका गाउँपालिकावासीहरुलाई राख्नका लागि वडा नम्बर ३ को सुर्योदय माविमा व्यवस्थित क्वारेन्टाइन कक्ष निर्माण गरिएको मल्लको भनाई छ ।

अध्यक्ष मल्लका अनुसार अहिले भारतबाट आएका १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । गाँउपालिकाले विभिन्न विकास बजेटलाई कटौती गरि क्वारेन्टाइन व्यवस्थापनमा खचए गरेको हो ।

थप मानिसहरु आउन सक्ने भएकाले क्वारेन्टाइन कक्षमा बेड क्षमता थपिएको छ । क्वारेन्टाइनमा ६ जना स्वास्थ्यकर्मी खटाइएको छ ।