मकवानपुरका व्यवसायी संस्थाहरुले राहत प्याकेज व्यवस्था गर्नुपर्ने माग गरे

गुगलपाटी संवाददाता
२२ जेष्ठ २०७७ १०:५५

मकवानपुरका ६ वटा व्यवसायी संस्थाले सरकारले लगातार बढाएको लकडाउनको असर ब्यवसायीक क्षेत्रमा गम्भिर रुपमा परेको भन्दै माग गरेका छन् । व्यवसायी संस्थाले निकालेको संयुक्त विज्ञप्तीमा उद्योगी व्यवसायीलाई राहत प्याकेजको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिलाई शुन्य समय मानी बैंकको ब्याज पूर्ण मिनाहा गर्नुपर्ने, बैक र्कजा पुर्नतालिकिरण र साबिक दरमा कम्तिमा ५ प्रतिशत न्यून ब्याज, व्यक्तिगत नाममा रहेको व्यवसायीक तथा हायर पर्चेज कर्जामा पनि साना तथा मझौला उद्योग सरह १० प्रतिशत थप कर्जाको व्यवस्था गर्नुपर्ने रहेका छन् । ।

सरकारले व्यवसाय सञ्चालन गर्न नदिंदा उद्योग तथा पसलमा भएका सामानको म्याद गुज्रिएर काम नलाग्ने अवस्थामा पुगेको छ । विज्ञप्तीमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका कार्यकारी निर्देशक माधव अधिकारी, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकाल र मकवानपुर होटल एसोशिसनका अध्यक्ष शंकरलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।