म्यानमारबाट भोलि २६ जना नेपाली नागरिक घर फर्किदै

गुगलपाटी संवाददाता
२२ जेष्ठ २०७७ ११:३८

हेटौंडाः कोरोना भाईरस (कोभिड –१९) ले विश्व नै त्रसितमा रहेको छन् । नेपालका अधिकांश नेपालीहरु विदेशमा अलपत्र छन् । लकडाउनको कारण विदेशमा फसेका नेपालीहरुको उद्धार गर्ने क्रममा भोली म्यानमारबाट २६ जना नेपाली स्वदेश आउने भएका छन् । नेपाल आउने टोलीमा गत फागुन ७ गते विश्व साईकल यात्रामा निस्केका विक्रम भारती पनि रहेका छन् ।
गत फागुन ७ मा विश्व साईकल यात्रामा निस्केका भारती सहितको टोलीले ४ हजार १ सय किलोमिटर पुरा गरि म्यानमार पुगेको थियो । तर म्यानमार पुगेपछि कोरोना महामारीको कारण उनीहरु म्यानमारकै रंगुनमा बसेका थिए । भारतीले कोरोना महामारी सकिएपछि साईकल यात्रालाई जारी राख्ने बताएका छन् । बर्माबाट आउने सबै २६ जना नागरिक वागमती प्रदेशका रहेको बुझिएको छ ।