राक्सिराङका मृतकको परिवारलाई बानियाँको सहयोग

गुगलपाटी संवाददाता
२२ जेष्ठ २०७७ १३:१८

नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापती इन्द्रबहादुर बानियाँले राक्सिराङ गाँउपालिकामा हावाहुरीका कारण ज्यान गुमाएका र घाइते भएका परिवारलाई राहत स्वरुप रकम हस्तान्तरण गरेका छन् ।
बानियाँले ज्यान गुमाएकाहरु मध्ये बिरमाया चेपाङ र आयुस मगरको परिवारलाई १०÷१० हजार रुपैया किरिया खर्च दिएका छन् । त्यस्तै राक्सिराङ गाँउपालिकाको तर्फबाट बिरमाया चेपाङलाई ६ हजार, आयुस मगरलाई १० हजार रुपैया र चनामति चेपाङका परिवारलाई १० हजार रुपैया हस्तान्तरण गरिएको गाँउपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

आफु सोही क्षेत्रको निर्वाचित प्रदेश सांसद भएकोले प्रदेश सरकारबाट आफुलाई प्राप्त हुने सेवा सुबिधा बापतको केही रकम मृतकको परिवारलाई किरिया खर्च स्वरुप र घाइतेलाई उपचार खर्च स्वरुप उपलब्ध गराइएको बानियाँले जानकारी दिएका छन् ।

उक्त रकम आज काँग्रेस राक्सिराङ गाउँपालिकाका सभापति बिरेन्द्र जिम्बाले सम्बन्धीतलाई हस्तान्तरण गरेका हुन् ।

जेठ १३ गते आएको हावा हुरीका कारण राक्सिराङका २ जनाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिकाको अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ्को पनि उपस्थिती थियो।