गोर्खा लाहारी कारखाना बन्द गर्न कर्मचारीको माग

गुगलपाटी संवाददाता
२३ जेष्ठ २०७७ १२:१०

 हेटौंडाः  नेपालट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरले धुम्रपान जन्य वस्तु (चुरोट) उत्पादन गर्ने हेटौंडा औद्योगिक क्षेत्रमा अवस्थित गोर्खा लाहारी प्रा.ली. नामको कारखाना गत बैशाख १७ गते देखि निर्वाध संचालनमा आएको भनि संयुक्त रुपमा प्रेस विज्ञप्ति गरेका छन् ।
सरकारले गरेको निर्देशनको गलत फाइदा उठाउदै सरकारी संहिताको अपहेलना गरेर जनताको स्वास्थ्य माथि खेलवाड गरि कोरोना भाइरस फैलाउन मद्दत पुग्ने धुम्रपान जन्य वस्तुको सञ्चालन गर्न नपाउने माग गरेको छन् ।
कारखाना सञ्चालनको अवधिमा संक्रामक रोगको विरुद्ध अपनाउनुपर्ने स्वास्थ्य सामाग्री तथा मापदण्डहरु नअपनाएको कारखानामा कार्यरत श्रमिकहरुलाई झुटा आरोप लगाई स्पष्टिकरण सोध्ने, निलम्बन गर्ने जस्ता लकडाउन मापदण्ड विरुद्धको कार्य र अनुचित श्रम अभ्यास गरेको प्रति गम्भिर ध्यानाकर्षण गर्नुपर्ने विज्ञप्तिमा पुष्टि गरेको छ ।
विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले संसार आतंकित भइरहेको बेला लकडाउनको उलंघन गरेमा ज्यान जोखिममा पर्न सकिन्छ ।