बकैयाका ८ सय परिवारलाई राहत सामाग्री वितरण

गुगलपाटी संवाददाता
२४ जेष्ठ २०७७ ०८:२९

मकवानपुरको बकैया गाउँपालिकाको वडा नम्बर १ का ८ सय घरपरिवारलाई राहत वितरण गरिएको छ ।  शुक्रबार गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, कार्यपालिका सदस्य लक्ष्मी माझीसहित गाउँपालिकाका कर्मचारी १ नम्बर वडा पुगेर राहत वितरण गरेको हो । गाउँपालिकाले प्रतिपरिवार १५ केजी चामल, १ लिटर तेल र एक केजी नुन वितरण गरेको हो । खाद्यान्न उत्पादन हुने कमजोर क्षेत्रको रुपमा रहेको १ नम्बर वडालाई खाद्यान्न वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले जानकारी दिनुभयो ।