दाङमा १० जना डिस्चार्ज, कोरोना जित्नेको संख्या ३७५ पुग्यो

गुगलपाटी संवाददाता
२५ जेष्ठ २०७७ ०८:१२

दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित कोरोना जितेर घर फर्केका छन्। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुईरदुई तथा बर्दियाका एकजना गरी १० जना संक्रमित घर फर्किएका हुन्।

तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई भने लक्षण नै नदेखिएपछि घर फर्काइएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड(१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि सङक्रमितलाई १४ दिनपछि घर पठाइने उल्लेख छ ।

उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५ सङ्क्रमितको उपचार भइरहेको छ।