हेटौँडा उपमहानगरपालिकाको सबै वडामा बजेट सिलिङ

गुगलपाटी संवाददाता
२५ जेष्ठ २०७७ ०८:५०

हेटौँडा उपमहानगरपालिकाले सबै १९ वडामा बजेट सिलिङ पठाएको छ । उपमहानगरपालिकाले पठाएको सिलिङमा सबैभन्दा धेरै बजेट वडा नंबर १८ मा परेको छ । उपमहानगरपालिकाले १९ वटै वडाको लागि ३२ करोड ९० लाखको बजेट सिलिङ पठाएको मध्ये वडा नंबर १८ लाई २ करोड ५० लाख रुपैँया रहेको छ ।

यसैगरि दोश्रो नंबरमा वडा नंबर १९ छ जस्को सिलिङ २ करोड ३० लाख छ । उपमहानगरपालिकाले साविकको गाविसहरु मिसिएको ग्रामिण क्षेत्रका वडाहरुलाई साविकको हेटौँडाको ११ वटा वडाभन्दा प्राथमिकतामा पारेको देखिन्छ ।

आर्थिक वर्ष २०७७र७८ को लागि योजना छनोट गरेपछि बजेटको सिलिङको फाईनल भएको हेटौंडा उपमहानगरपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख मनोज सुवेदीले बताए । उपमहानगरपालिकाले आउँदो आर्थिक वर्षको लागि वडा नम्बर १, २, ४, ५, ६, ७, ८, ९, १०, ११ लाई १ करोड ५५ लाखको सिलिङ पठाएको छ । यि सबै वडाहरु साविकको हेटौँडा नगरपालिकाको क्षेत्र हुन् । वडा नम्बर ३, १२, १३, १४, १५, १६, १७ लाई भने १ करोड ८० लाखको सिलिङ पठाएको छ यि वडाहरु हेटौँडा उपमहानगरपालिका बन्दा निर्माण भएका साविकका पदमपोखरी, हटिया, चुरीयामाई तथा बसामाडीका क्षेत्र हुन् ।

लकडाउनले गर्दा यो वर्ष उपमहानगरपालिकाको आम्दानीमा गिरावट देखिने भएपनि आउँदो आर्थिक वर्षमा बजेट नघट्ने उपमहानगरपालिकाले शंकेत गरेको छ । चालु आर्थिक वर्षमा १ अर्ब ८१ करोड १८ लाखको बजेट ल्याएको थियो । आउँदो आर्थिक वर्षको लागि चालु आर्थिक वर्ष भन्दा करिब ५ करोड कम बजेट संघिय सरकारले पठाएको कारण पनि थप च्यालेन्ज भएको उपमहानगरपालिकाको भनाई छ ।