बागमती प्रदेश सरकारले तिन लाख युवालाई रोजगार दिने
गुगलपाटी संवाददाताबागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्षको वजेट मार्फत करिव तीन लाख युवालाई रोगजारी दिनेगरी वजेट ल्याउन लागेको छ । विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी भइरहेकोको समयमा प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मात्र तीन लाख जनालाई रोजगारी श्रृजनागर्नेगरी वजेट तयार पारिरहेको हो । मन्त्रालयका कर्मचारी अहिले दिनरात नभनीकन बजेट तयार पार्न लागिपरेका छन् ।
मन्त्रालयले दिर्घकालिन नभइकन अल्पकालिन रुपमा धेरै युवालाई रोजगारी दिन लागेको एक कर्मचारीले जानकारी दिए । बिशेषरी अहिलेको लकडाउनका कारण धेरै युवा वेरोजगार हुनुपरेको र विदेशबाट समेत हजारौ युवा स्वदेश फर्कन लागेकाले रोजगारीलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ । तीन लाख जनालाई बर्षै भरी भन्दा पनि अल्पकालिन रुपमा रोजगारी दिन लागिएको हो ।
लघुउद्यम उद्योग अन्तरगत कुटीर उद्योग चलाउनेलाई प्राथमिकता दिएर प्रदेशका हरेक स्थानीय तहमा ३० लाख रुपैयाँका दरले वजेट दिएर युवालाई रोजगारी दिने कार्यक्रम रहेको छ । ‘‘मेरो उद्यम, अती उत्तम कार्यक्रम अन्तरगत ७ हजार एक सय ४० जनालाई रोजगारी दिन लागिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी व्यावसायीक जडिवुटी फारम सञ्चालनबाट ६४ सय रोपनीमा बिभीन्न किसीमका खेती गर्न दिने र २५ हजार २ सय जनालाई रोजगारी दिइने तयारीका साथ वजेट निर्माण गरिएको मन्त्रालयका कर्मचारी वताउँछन् ।
विदेशबाट फर्किएका २ हजार ९ सय ४० जना युवालाई ६ महिना रोजगारी दिनेगरी कार्यक्रम तयार पारिदै गरेको मन्त्रालयले जनाएको छ । त्यसैगरी वन क्षेत्र अन्तरगत २ सय जनालाई प्रतक्ष रुपमा कटान मुछानको काम गर्नेगरी अल्पकालिन रोजगारी दिन लागिएको छ । वनजन्य फलफूल र जडीबुटी खेती गर्नकालागि १९ लाख ५० हजार विरुवा रोप्ने तयारी गरिएको छ ।