राक्सिराङ्को सुनारीसौरा नमुना स्थल बन्यौ
गुगलपाटी संवाददाताहेटौंडाः राक्सिराङ गाउँपालिकाका वडा नम्बर २ सुनारीसौरा गाउँपालिका कै नमुना ठाँउ बनेको छ । राष्ट्रिय वन डिभिजन कार्यालयको ५ लाख सहयोगमा सुनारीसौराका चौतारामा दुई ओटा चर्पी, कम्पाउन्ट वाल गेट र प्रतिक्षालयको निर्माण भएको समाजसेवी नरेन्द्र मुक्तानले बताए । स्थानीय सर्वसाधारणले ७५ हजार बराबरको सहयोग गरेको मुक्तानको भनाई छ ।
चौतारामा रहेका वर पिपल र अरु रुख विरुवाहरुमा रंग रोगन कार्य भइरहेको छ । स्थानीयले चौताराका वरिपरि विभिन्न प्रकारका फुलहरु रोपेर चौतारालाई सुन्दर बनाउने योजना भइरहेको छ । उक्त स्थानमा विगतका दिनहरुमा सरसफाई गर्दै आएको गाउँलेहरु बताँउछन् । उक्त ठाँउमा दुई ओटा वर र दुई ओटा पिपल गरि चार ओटा ठुला रुखहरु रहेका छन् । गाउँका मानिसहरु सितल हावा खान चौतारामा आराम गरि बस्दै आएको हो । उक्त ठाउँलाई संरक्षण गरि नयाँ तरिकाले भ्रमण स्थल बनाउने स्थानियको भनाई छ ।
चौतारा सम्म पुग्ने सडक मार्ग छैन । दुई सय मिटर टाढाको बाटोमा स्थानिय मिलेर गिट्टी बालुवा उक्त ठाँउ सम्म पु¥याउने कार्य गरेको छ । आगामी दिनहरुमा गाउँपालिका र वडा कार्यालयले सहयोग गर्ने स्थानियको आशा रहेको छ ।