घर जग्गा व्यावसायी संघ द्धारा स्वास्थ्य सुरक्षा सामग्री सहयोग
गुगलपाटी संवाददाताघर जग्गा व्यावसायीसंघ मकवानपुरले हेटौंडाका प्रहरी र पत्रकारका लागि मास्क र ग्लोव्स उपलध गराएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजित कार्यक्रममा केएन ९५ मास्क र ग्लोवस प्रहरी र पत्रकारका लागि उपलब्ध गराएको हो ।
घरजग्गा व्यावासायी संघ मकवानपुरले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामालाई ५ सय थान मास्क र ५ सय जोर ग्लोव्स हस्तान्तण गरिएको छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघ मकवानपुर मकवानपुर साखाका अध्यक्ष हरि हुमागाईलाई एक सय ५० थान केएन ९५ मास्क र एक सय ५० जोर ग्लोव हस्तान्तरण गरिएको हो । स्वाथ्य सुरक्षाका सामाग्री बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलीया र घरजग्गा व्यावसायीसंघ मकवानपुरका अध्यक्ष धुर्ब घिमीरेले हस्तान्तरण गर्नुभयो ।
प्रदेश प्रहरी कार्यालयले मातहतका प्रहरीलाई र पत्रकार महासंघ मकवानपुरले जिल्लामा खटिने पत्रकारका लागि प्राप्त सामाग्री हस्तान्तरण गर्ने छन् । स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गर्दै थपलीयाले अहिलेको कोरोना त्रासको समयमा अग्रभागमा खटिने सुरक्षाकर्मी र पत्रकारका लागि सहयोग पुगेको वताउनुभयो ।