हेटौंडामा मल लिन आउने कृषकहरुको लफडा

गुगलपाटी संवाददाता
२७ जेष्ठ २०७७ १०:१४

२० किलो मल पाउने आशमा आज बिहानैबाट हेटौँडामा भिडभाड देखा परेको छ । मल लिनको लागि किसानहरुको लाईन मल वितरण केन्द्र हेटौँडा ४ को भुटनदेवी विद्यालय परिसर पारिजातपथदेखि भैरबरोडसम्म देखिएको छ ।

मल नपाएको भन्दै हिजो सोमबार आन्दोलनमा उत्रिएका किसाहरुले आज प्र्रतिब्यक्ति २० किलोको दरले मल पाउने भएपछि विहानैबाट भिड भएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत प्राप्त ४२० बोरा मल मध्ये ६० बोरा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ लाई पठाएको छ भने बाँकी ३६० बोरा मल हेटौंडा–४, पारिजातपथस्थित किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत आज बिहानैदेखि वितरण गरिँदैछ ।

मल विक्रि स्थानमा सामकिज दुरीलाई कायम गराउने प्रयास नेपाल प्रहरी तथा नगर प्रहरीले गरेपनि त्यो सफल हुन सकेन ।
मल वितरणको विषयमा प्रतिक्रिया दिँदै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आफुहरुले सकेसम्म ब्यवस्थीत ढंगबाट मल वितरणको प्रयास गरिरहेको बताए । उच्च माग भएको तर आवश्यक मात्रामा मल नआएको कारण समस्या भएको उनको भनाई रहेको छ ।