गरिबी निवारणका लागि होटलमा अन्तरकृया

गुगलपाटी संवाददाता हेटौंडा,८ जेठ
८ जेष्ठ २०७५ १२:२८

गरिबी निवारण कोषका कारण प्रदेश नम्बर तीनको नौं जिल्लाका ६ लाख भन्दा बढी जनसंख्या प्रत्यक्ष लाभान्वित भएको बताइएको छ ।

गरिबी निवारण कोषले मंगलबार प्रदेश नम्बर तीनको अस्थायी मुकाम हेटौंडा स्थित एक होटलमा आयोजना गरेको ब्यवासायिक बिकास तथा सम्मृद्धिका लागि स्थानीय सरकारसँग प्रदेश स्तरीय अन्तरकृया कार्यक्रम मार्फत यस्तो जानकारी दिइएको हो । कार्यक्रममा बोल्नुहँुदै गरिबी निवारण कोषका कार्यकारी निर्देशक नहकुल केसीले कोषका कारण स्थानीयहरुको जीवन स्तरमा ब्यापक परिवर्तन आएको बताउनुभयो । उहाँले प्रदेशको कुल ५५ लाख २९ हजार ४ सय ५२ जनसंख्या मध्ये ६ लाख २६ हजार ८ सय ५७ जना कोषका कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित भइरहेको जानकारी दिनुभयो । उहाँले प्रदेश नम्बर तीनको रामेछाप,सिन्धुली,रसुवा,सिन्धुपाल्चोक,मकवानपुर,चितवन र काठमाडौंमा कार्यक्रम संचालन भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा गरिबी निवारण कोषका उपाध्यक्ष डा.वाइबी थापाले स्थानीय सरकारसँग समन्वय गरेर आफूहरु अब कोषको कार्यक्रम संचालनको तयारीमा रहेको बताउनु्भयो। उहाँले स्थानीय सरकारलाई कोषको कार्यक्रम हस्तान्तरण गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा तीन नम्बर प्रदेशका मुख्यमंत्री डोरमणी पौडेलले गरिबी निवारण कोषको कार्यक्रमको शैली परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले एउटा,दुईवटा बाखा्रा पालेर भन्दा पनि सामूहिक ब्यवसायको शुरुवात गरी सम्मृद्धि तर्फ अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । कोषका प्रवक्त श्रीराम सुवेदीको सहजिकारणमा सम्पन्न भएको कार्यक्रममा बिभिन्न जिल्लाका बिभिन्न स्थानबाट आएका जनप्रतिनिधिहरुले आफ्ना सुझाव राखेका थिए ।