हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सल्याव ढलान
गुगलपाटी संवाददाताहेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा हेटौंडा–११ सिमलटारमा सल्याव ढलान गरिएको छ । सिमलटार टोल विकास संस्थाको कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महतले बाटो निर्माणमा १५ लाख रुपैयाको सहयोग गर्ने भनेपछि ६ मिटर चौडाईको ३ सय ३० मिटर लामो बाटोमा सल्याव ढलान गरिएको सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगरले बताए । उनका अनुसार सल्याव ढलानमा २३ लाख रुपैया खर्च भएको र उपमहानगरपालिकाको सहयोग बाहेक अरु थप रकम बराबरको श्रम दान गरिएको हो ।