नामटारस्थित कालिका माविका क्वारेन्टाइनबाट बुधबार ८ जना डिस्चार्ज
गुगलपाटी संवाददातामकवानपुरको उत्तरीक्षेत्रस्थित कैलाश गाउँपालिकाको वडा नम्बर ९, नामटारस्थित कालिका माविमा सञ्चालन गरिएको क्वारेन्टाइनबाट बुधबार ८ जनाको विदाई गरिएको छ ।
१५ दिन क्वारेन्टाइन बसेर कोरोना भाइरस संक्रमण परीक्षणमा पनि नेगेटिभ आएपछि बुधबार क्वारेन्टाइनबाट उनीहरुलाई विदाई गरिएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिनुभएको छ । भारतबाट आएका ती युवालाई गाउँपालिका अध्यक्ष टंक मोक्तानसहित स्वास्थ्यकर्मीले विदाई गरेका हुन् ।