कोरोना भाइरसको कारण बागमती प्रदेशमा ज्यान गुमाउने संख्या ४ पुग्यो

गुगलपाटी संवाददाता
२९ जेष्ठ २०७७ ०८:४३

कोरोना भाइरस संक्रमणका कारण बागमती प्रदेशमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । प्रदेशभरी संक्रमितको संख्या १४४ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छन् भने १०३ जना अझै उपचाररत छन् ।

सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईँका अनुसार प्रदेशका १३ जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसअघि कोरोना सङ्क्रमणमा पहिलो रहेको काठमाडौँलाई चितवनसहित धादिङले समेत उछिनेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या धादिङमा २९ र काठमाडौँमा २७ रहेको छ ।

रसुवामा भने हालसम्म एक जनामा पनि सङ्क्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । यसअघि सङ्क्रमण नदेखिएको दोलखा जिल्लामा बुधबार दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।