रुकुम घटनाको बिरोध हेटौडामा ५ दिने हस्ताक्षर सङकलन तथा धर्ना कार्यक्रम सम्पन्न

गुगलपाटी संवाददाता
२९ जेष्ठ २०७७ १०:१६

पश्चिम रुकुम चौरजहारी ८ सोतिमा घटेको सामुहिक हत्याकाण्डको बिरुद्धमा हेटौडाको बुद्ध चोकमा ५ दिने हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रमको आज समापन भएको छ । आज बिहान ७ बजेबाट ९ बजेसम्म धर्ना तथा हस्ताक्षर अभियान सञ्चालन गरिएको हो । हस्ताक्षर सङ्कलन तथा धर्ना कार्यक्रम आज बागमति प्रदेश सभा सदस्य ओम ग्लानले २१ औ सताब्दीमा सरकारले समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा लागिरहदा यस्तो दुखद घटना हुनु निकै दुखद रहेको बताउनु भयो । बर्गिय समाजमा मानव सभ्यताको चरणमा सबै मानव एक हो भनेर आन्दोलनहरु उठीरहेको बताउदै अबको दिनमा बजेटमै सचेतनाका कार्यक्रम सरकारले घोषणा गर्नुपर्ने आवश्यकता औलाउनु भयो ।
कार्यक्रममा आज नेकपा मकवानपुरका कार्यालयका सदस्य एकालाल श्रेष्ठले हाम्रो समाजमा कसरी परिष्कृत बनाउने भनेर बहस चलिरहेको बेला घटेको यो घटनाबाट राजनीतिक रुपमा समाजलाई सुसुचित गराउन अझै बाकी रहेको महशुस भएको बताउनु भयो।राजनीतिक परिवर्तन भएर मात्रै नहुने भन्दै सबै टोलटोलमा जागरण ल्याउन सबै लाग्नु पर्ने बताउनु भयो।साथै आफ्नो अधिकार मागिरहदा अरुको सहअस्तित्व स्वीकार्न सक्ने समाजको निर्माण गर्नु पर्ने उहाको भनाई छ।यस्ता घटनाको नेकपा मकवानपुरले खुलेर बिरोध गर्दै आएको र यो घटनाको पनि भत्र्सना गर्ने बताउनु भयो।
यसैगरी, पत्रकार महासंघ बागमति प्रदेशका अध्यक्ष प्रताप बिष्टले रुकुम घटना हाम्रो लागि निकै दुखद रहेको बताउनु भएको छ।यो घटनाले सबै नेपालीले शीर झुकाउनु पर्ने अबस्था आएको बताउनु भयो।मानसिक रुपमा बिभेद नहटेसम्म कानुन निर्माण मात्रै भएर बिभेद उन्मुलन नहुने बताउनु भयो।
कार्यक्रममा मानव अधिकार संरक्षण तथा मानव बेचबिखन बिरुद्धको सञ्जालका सह संयोजक तथा माइति नेपाल मकवानपुरका प्रमुख माया लामाले यसरी प्रेम गरेकै कारण हत्या हुनु निकै दुखद रहेको बताउदै दोषीहरुमाथिको कारवाहीका लागि आफुको माग रहेको बताउनु भयो।
यसैगरी,मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालका केन्द्रिय सदस्य पुष्प परागले नियोजित हत्यामा सामेलमाथि कारवाहीका लागि सबै मानव अधिकारकर्मीहरु सक्रिय रहेको बताउनु भयो ।
यसैगरी उच्च बार एशोसियनका पूर्व अध्यक्ष मदन दाहालले कानुनमा जघन्य हत्याकाण्डका बारेमा कानुनी ब्याख्या गर्दै यो घटनामा जातिय रुपमा भएको प्रमाणित भएमा आजिवन कारा बाससम्मको सजायको ब्यबस्था भएको बताउदै हदैसम्मको कारवाही हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।
यसैगरी जिल्ला बार एशोसियनका अध्यक्ष ईश्वरी अधिकारीले जातिय नरसम्हार नै देखिएकोले हदैसम्मको कारवाही हुनुपर्ने बताउनु भयो । उहाले बार एशोसियन मकवानपुर यस्ता जातिय नरसम्हारका घटनाको निन्दा गर्ने बताउनु भयो।
कार्यक्रममा अधिबक्ता प्रमिला केसी, हेटौडा अस्पताल बिकाश समितिका अध्यक्ष प्रकाश पौडेल, उपेक्षित सामुदायिक बिकाश मञ्चका अध्यक्ष सानुभाई बिश्वकर्मा, गैसस महासङ्घ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, नेपाल दलित सङ्गठनका केन्द्रिय सदस्य जङ्ग बहादुर बिश्वकर्मा, नेपाल दलित संघका केन्द्रिय सदस्य गोपीलाल बिश्वकर्मा, पत्रकार तथा अधिकारकर्मी राजन दाहाल खुसराज, बार एशोसियन मकवानपुरका उपाध्यक्ष रिसी केसि, राष्ट्रिय जनसरोकार मञ्च नेपालका अध्यक्ष उमेश गुनी, काठमाण्डौ बार एशोसियसनका सदस्य बिष्णु प्रसाद ढकाल, अनेरास्वबियुका केन्द्रिय सदस्य सन्तोष पौडेल, अनेरास्वबियुका केन्द्रिय सदस्य दिनेश सुबेदी, नेपाल तरुण दलका नगर अध्यक्ष सुनिल गिरी, नागरिक सरोकार समितिका अध्यक्ष केशव गौतम लगायतको उपस्थीति रहेको थियो।यसरी ५ दिनसम्म सङ्कलित हस्ताक्षरलाई सम्बन्धित निकायलाई बुझाईने स्वतन्त्र जनदबाब अभियानका संयोजक अनिलकुमार खातीले जानकारी दिनु भएको छ।साथै आगामी जेष्ठ ३२ गते अपराह्न १२ बजेबाट २ घण्टा प्रदेश सभाको भवन अगाडी यो हस्ताक्षर अभियान गरिने पनि उहाले बताउनु भयो।