रुखको हाँगा लागेर बालिकाको मृत्यु
गुगलपाटी संवाददाताकञ्चनपुरको कृष्णपुर नगरपालिका ४ किचाईका दुई वर्षीया बालिका आरजु खड्काको रुखको हाँगा लागेर मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गुलरीयाका प्रहरी नायव निरीक्षक भरत धामीका अनुसार से ६ प ३३८९ नम्बरको मोटरसाइकलमा बुबा ज्ञानेन्द्र खडकासँगै यात्रा गरिरहँदा सडक छेउमा काट्दै गरेको पिपलको हाँगा खसेर लाग्दा बालिकाको मृत्यु भएको हो।
मृतक बालिकाका बुबा वर्ष ३० का ज्ञानेन्द्र खड्काको ढाडमा गम्भीर चोट लागेको छ। खडकाको धनगढीमा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लग्ने तयारी भैरहेको छ। मृतक बालिकाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। पिपलको हाँगा काट्ने कार्यमा संलग्न ५० वर्षीय प्रकास चौधरी र ग्वासी विद्युत सहकारी संस्थाका अध्यक्ष प्रेम कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विद्युत लाइन विस्तारका लागि सहकारीले रुखको हाँगा काटन लगाएको बताइएको छ।