हेटौंडा उपमहानगरका १३ स्थानमा खोप सञ्चालन हुदैँ
गुगलपाटी संवाददाताहेटौंडा उपमहानगरपालिकाका विभिन्न १३ स्थानमा दादुरा रुवेला विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । १३ वटा खोप केन्द्रमा १ हजार ४ सय २४ जना बालबालिका लाभान्वित हुने हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाका प्रमुख रमन झाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार आज वनस्खण्डी स्वास्थ्य केन्द्र मार्फत १५१ बालबालिका, बसामाडि स्वास्थ्य चौकीबाट ११६, मोहन बज्राचार्य केन्द्रबाट १२५, पिप्ले शहरी स्वास्थ्य केन्द्रबाट २२६, नागश्वती शहरी स्वास्थ्य केन्द्रबाट ११४, कमाने शहरी स्वास्थ्य केन्द्रबाट १८०, नवलपुर शहरी स्वास्थ्य केन्द्र मार्फत २३८, हात्तिगौंडा शहरी स्वास्थ्य केन्द्रमार्फत १३०, हटिया स्वास्थ्य चौकी मार्फत ९९, हटिया शहरी स्वास्थ्य प्राथमिक केन्द्र मार्फत ३०, स्वास्थ्य चौकी हर्नामाडी मार्फत ८२ र ज्यामिरे तथा नेवारपानी शहरी स्वास्थ्य केन्द मार्फत १२२ जना बालबालिका लाभान्वित हुने झाले बताउनुभएको छ ।
हेटौंडा उपमहानगरपालिकामा बिहिबारदेखि सुरु गरेको दादुरा रुवेला विरुद्धको खोप कार्यक्रम असार ६ गतेसम्म चल्नेछ । ९ महिनादेखि ५ वर्षसम्मका हेटौंडा उपमहानगरक्षेत्रका करिब ११ हजार बालबालिकालाई खोप लगाउन १०६ वटा खोपकेन्द्र कायम गरिएको छ ।