हेटौंडाका १६ स्थानमा दादुरा रुबेला विरुद्धको खोप लगाइँदै

गुगलपाटी संवाददाता
२ असार २०७७ ०७:०३

दादुरा रुवेला विरुद्धको खोप आज मंगलबार उपमहानगरपालिकाको १६ स्थानमा लगाइँदै छ ।

वडा नम्बर १ को भैरवडाँडा आधारभुत विद्यालय, वडा नम्बर २ को वनस्खण्डी स्वास्थ्य केन्द्र, वडा नम्बर ४ को भुटनदेवी मावि, वडा नम्बर ५ को जीएस निकेतन, वडा नम्बर ८ को मनाकामना चोक सभाहल, वडा नम्बर ९ को कालिका माता मन्दिर, वडा नम्बर १० को न्युरेनी वन समिति, वडा नम्बर ११ को नवलपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर १२ को ब्रम्हा स्कुल, वडा नम्बर १३ को ठूलोथलीस्थित कालिका आधारभुत विद्यालय, वडा नम्बर १४ को बदेलधाप, वडा नम्बर १५ को शिखरपानीस्थित चुरियामाई मावि, वडा नम्बर १६ को प्रणामी मन्दिर, वडा नम्बर १७ को अशोक वाटिका, वडा नम्बर १८ को पाख्रिनचोक र वडा नम्बर १९ को निर्मल माविमा खोप कार्यक्रम हुँदैछ ।

हेटौंडा उपमहानगरपालिकामा बिहिबारदेखि सुरु गरेको दादुरा रुवेला विरुद्धको खोप कार्यक्रम असार ६ गतेसम्म चल्नेछ । ९ महिनादेखि ५ वर्षसम्मका हेटौंडा उपमहानगरक्षेत्रका करिब ११ हजार बालबालिकालाई खोप लगाउन १०६ वटा खोपकेन्द्र कायम गरिएको छ ।