मकवानपुरमा आत्माहत्या गर्नेको संख्या बढ्दो
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
मकवानपुरमा आत्महत्या गर्नेको संख्या बढ्दो अवस्थामा छ । चालु आर्थिक वर्षको तिन महिनामा १७ जनाले आत्माहत्या गरेका छन् । विष सेवनबाट ६ जनाले ज्यान गुमाएका छन् । झुण्डिएर ११ जनाले ज्यान गुमाएका हुन् ।
चैत्र महिनामा विष खाएर १ जनाले ज्यान गुमाएको छ । वैशाख महिनामा २ जनाले ज्यान गुमाएको र जेष्ठ महिनामा ३ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरको भनाई छ । चैत्र महिनामा झुण्डिएर ५ जनाको मृत्यु भएको छ । वैशाख महिनामा २ जना र जेष्ठमा ४ जनाले झुण्डिएर ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कोरोना भाइरस कोभिड (१९) को कारण आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठको भनाई छ । लकडाउन भएसगैं भोकमरीको कारण मानिसहरु आत्माहत्य गर्नुपर्ने बाध्य हुने गरेको उनले बताए ।
मकवानपुरमा चालु आर्थिक वर्षको ३ महिनाका अवधिमा ३० जना महिला माथि हिंसाका घटना भएका छन् । विभिन्न कारणले आफु हिंसामा परेको भन्दै उजुरी लिएर प्रहरी कार्यालयमा धाउने महिलाको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षका चैत्र देखि जेठ मसान्तसम्मको तथ्यांक अनुसार चैत्र महिनामा घरेलु हिंसाका ९ वटा घटना दर्ता भएका छन् । बैशाख महिनामा १३ वटा उजुरी दर्ता भएको छ । जेष्ठ महिनामा १२ जनाले उजुरी दर्ता भएको छ । ३० वटा घटनामा १८ वटा घटना फस्र्यौट भइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताए ।
त्यस्तै लैंगिक हिंसा सम्बन्धि चैत्र महिनामा ५ जनाले उजुरी दर्ता गरेको छ । वैशाख महिनामा ७ जनाले उजुरी दर्ता गरेको छ र जेष्ठ महिनामा ७ जनाको उजुरी दर्ता भएको छ । १८ वटा घटनामा १० वटा घटना फस्र्यौट भइसकेको प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठले बताए ।
जवरजस्तीकरणीयमा चैत्र महिनामा ३ जनाले निवेदन पेश गरेको छ । वैशाख महिनामा २ जनाले उजुरी दर्ता गरेको र जेष्ठ महिनामा ४ जनाले उजुरी दर्ता गरेको श्रेष्ठले बताए । ९ जनाले निवेदन पेश गरेकोमा १ जनाको मात्र फस्र्यौट भएको उनले बताए ।
बहुविवाह सम्बन्धी चैत्र महिनामा २ जना मात्र रहेको प्रहरी कार्यालय मकवानपुरले जानकारी दिए । भवितव्य सम्बन्धि चैत्र महिनामा १ जना र वैशाखमा १ जना रहेको छ ।
चालु आर्थिक वर्षमा बालबालिका तथा महिलाहरु हराउनेको संख्या घट्दो अवस्थामा रहेको छ । चैत्र महिनामा ६ जना महिला हराएको छ । वैशाख महिनामा ४ महिला हराएको र जेष्ठमा २ जना हराएको प्रहरी निरिक्षक श्रेष्ठले बताए । १२ जना महिला हराएकोमा ८ जना फेला परेको छ ।
त्यस्तै चैत्र महिनामा १ जना बालक हराएकोमा बालक फेला परिसकेको छ । चैत्र महिनामा ७ जना र जेष्ठमा ५ जना बालिका हराएको छ । १२ जना बालिका हराएकोमा १० जना बालिका फेला परिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको जानकारी अनुसार मकवानपुरमा ज्यानमारा मुद्धामा एकजनाको मुद्धा दर्ता भएको छ ।