भारतबाट आएका ८ जना हेटोंडाको कोरोना आइसोलेसनमा वार्डमा
गुगलपाटी संवाददाताभारतको दिल्ली तथा मुम्बईबाट आएका ८ जना हेटौँडाको कोरोना आइसोलेसनमा भर्ना भएका छन् ।
भर्ना भएकाहरु हेटौँडा उपमहानगरपालिकाका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाको रहेको कोरोना आइसोलेसन वार्ड हेटौँडाका इन्चार्ज भोलाप्रसाद चौँलागाईले बताए ।
हाल कर्रामा रहेको आइसोलेसन वार्डमा ती ८ सहित १० जनाले सेवा लिरहेको समेत उनको भनाई रहेको छ । आइसोलेसन वार्डले ति १० सहित जिल्लाको अन्य स्थानमा रहेको क्वारेन्टाईन तथा सेल्फ आइसोलेसनमा बस्ने गरि १९ जनाको स्वाव परिक्षणको लागि हेटौँडामा रहेको कोभिड १९ प्रयोगशालामा पठाएको छ ।
हेटौडामा पछिल्लो समय बिदेश तथा काठमाण्डौ लगायत अन्य शहर जान, बैकमा जागिर गर्न पिसिआर गराउन गलत ढंगले सिफारिश भई आउने क्रम बढ्दो रुपमा देखिएको छ । एकातिर संघिय सरकारले लक्षणबिहिनको नचाज्न भनिरहेको अबस्थामा ट्राभल हिष्ट्रि पनि नभएका केबल रिपोर्ट लिन खोज्नेहरुले जाँच गराउदा समष्या हुने देखिएको छ जनाईएको छ ।