हेटौंडा स्थित बसपार्कमा घरधनिले भाडा मागेपछि समस्या
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
हेटौंडाः हेटौंडा स्थित बसपार्कमा रहेका पसलहरुमा घर धनिले भाडा मागेपछि भाडामा बस्नेहरुलाई समस्या पर्न थालेको छ । चैत ११ गते देखि लकडाउनका कारण बन्द भएका पसलहरु असार १ गतेबाट खुल्न थालेका छन् । पसल खुल्न थालेसंगै बन्द अवधिको भाडा घरधनिले मागेको उनिहरुको भनाई छ ।
हेटौडा बसपार्कमा रहेको लक्ष्मी लेडिज टेलर्सको सटर भाडा ९ हजार ५ सय रहेको प्रोपाइटर लक्ष्मी मगरले बताइन् । लकडाउनको अवधिमा व्यापार नभएता पनि घरधनिले सटर भाडा मागिरहेका छन् । पहिला दिनमा ५ सय ६ सय रुपैयाँ व्यापार हुन्थ्यो भने अहिले दिनमा ५०÷१०० रुपैयाँ हुन पनि धोधौ परेको छ । उनले आफै माक्स सिलाएर बेच्ने गर्छिन् । उनको परिवारमा ५ जना रहेका छन् । आम्दानीको स्रोत टेलरबाट बाहेक अरु कुनै छैन । अहिले पसल खुलेपनि ग्रहाकहरु नआउने उनको भनाई छ ।
त्यस्तै हेटौंडा स्थित आनन्दटोलमा रहेको सिर्जना ब्युटिपार्लरका सटर भाडा ११ हजार ५ सय रुपैयाँ रहेको प्रोपाइटर सिर्जना मुक्तानले बताइन् । लकडाउनको अवधिमा पसल खोलेको छैन । अन्य व्यावसाय सरकारले खोल्न भनेपनि हेयर कटिङ्ग र ब्यूटी र्पालर नखोल्न भनेको छ । पसल खोल्न नपाएपनि लकडाउनमा भाडा मागेको भन्दै मुक्तानले आफनो दुखेसो व्यक्त गरेकी छिन् । कमाई नभएपछि भाडा दिन असाध्यै गाहे परेको उनले बताइन् । जेठ मसान्तसम्ममा सटर भाडा ५७ हजार ५ सय पुगेको छ । भाडा नदिएको धेरै समय भइसकेको भन्दै घरधनिले असारको पहिलो साता भित्र भाडा दिइसक्नुपर्ने चेतावनी दिएका छन् । करिब एक महिनाको भाडा छुट गरे भाडा तिर्न केहि राहत हुने उनले बताइन् ।
हेटौंडा स्थित बसपार्कमा रहेको अस्मिता होटलको भाडा १३ हजार रुपैयाँ रहेको प्रोपाइटर पवित्र तामाङ्ले बताइन् । उनको पहिला ७÷८ हजार व्यापार हुन्थ्यो भने अहिले ८÷९ सय रुपैयाँ व्यापार हुने गर्दछ । चैत्र महिनाबाट भाडा दिएको छैन । घरधनिले पैसा मागिरहेको छ । कमाई नभएपछि भाडा दिन समस्या परेको उनले बताइन् । उनको ६ जनाको परिवार रहेका छन् । आम्दानीको स्रोत होटल बाहेक अन्य केही नरहेको उनले बताइन् । आम्दानीको स्रोत नभएपछि छोराछोरीलाई खान दिन पनि नसकेको तामाङको भनाई छ । घरधनिले एकदुई महिना भाडा छुट गरे सजिलो हुन्थ्यो उनले बताइन् ।
त्यस्तै हेटौंडा स्थित आनन्दटोलमा रहेको जसी किराना पसलको भाडा १० हजार रुपैयाँ रहेको प्रोपाइटर जसी पाख्रिनले बताइन् । घरधनिले भाडा मागेको छैन । भाडा मागेमा तुरुन्त दिन सक्ने अवस्था नरहेको पाख्रिनको भनाई छ । पसलमा दैनिक व्यापार ६÷७ सय रुपैयाँ हुन्छ । त्यति पैसाले परिवारलाई खान पनि नपुग्ने उनले भनिन् ।
हेटौंडा स्थित आनन्दटोलमा विगत लामो समयदेखि कोठा भाडामा बस्दै आएको मिना खड्काको भने छुट्टै दुःख रहेको छ । उनको एक छोरा र दुई छोरी छन् । एक छोरीको बिहे भइसकेको छ भने एक छोरा र एक छोरी सानै छ । उनको श्रीमान जाडरक्सि सेवन गरेर आफुबाट अलग भएको हो । उनले अरुको घरमा लुगा धुने, भाडा माझ्ने, खाना बनाउने काम गरि छोराछोरीलाई पाल्दै आएको बताइन् । उनि बस्ने घर भुकम्पले भत्काएको र अलि ठुलो पानी परे भत्किने सम्भावना बढि रहेको छ । अन्य कुनै ठाँउमा कोठा भाडामा माग्दा कोठा नदिएको खड्काले बताइन् । लकडाउनले गर्दा उनको कमाइ पनि भएन । उनले भनिन्, कति दिन भोकै बसे कतिदिन दाल र भात खाएर बसे अहिले खानालाई चामल छैन । हरियो सागपात खान नपाएको धेरै समय भएको खड्काले बताइन् । केही संस्थाले सहयोग त ग¥यो तर कतिन्जेल चल्ने हो ठेगान छैन । सरकारले लकडाउन अवधिभरको घरभाडा छुटगर्ने घरधनिहरुलाई आग्रहगर्ने निर्णय गरे पनि छुटगर्न नभनेकाले घरधनिहरुले भाडा उठाउन दवाव दिने गरेको घरभाडामा बस्नेहरुको भनाई छ ।