राक्सिराङको सबै वडामा हेलिप्याड

गुगलपाटी संवाददाता
६ असार २०७७ ०८:३३

मकवानपुरको राक्सिराङ गाउँपालिकाको सबै ९ वटा वडामा हेलिप्याड निर्माण गरिएको छ । सडक सञ्जालको समस्या भोग्दै आएको र विपदमा परेका नागरिकहरु तथा सुत्केरी महिलाको तत्काल उद्धारमा सहज होस भनेर हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङमा प्रत्येक वर्ष समयमानै उद्धार हुन नसक्दा सुत्केरी महिला तथा विपदमा पर्ने नागरिकहरुले ज्यान गुमाउनुपरेको दुख्द घटनालाई न्यूनिकरणको लागि हलिप्याड स्थापना गरिएको अध्यक्ष मल्लले बताए ।
गाउँपालिकाको सबै ९ वटा वडामा निर्माण भएको हेलिप्याडको लागत प्रत्येक वडामा ५० हजारको दरले ४ लाख ५० हजार रहेको उनको भनाई रहेको छ । हेलिप्याड निकै महत्वपूर्ण रहेको गाउँपालिकाले निचोड निकालेपछि उक्त योजनामा काम गरेको उनले बताए ।