कोरोना मुक्त हेटौंडाका पोखरेल डिस्चार्ज
गुगलपाटी संवाददाताकोरोनाको संक्रमणका कारण हेटौँडा ४ कर्रास्थित आइसोशन वार्डमा बसेका एक जना आज डिस्चार्ज भएका छन् ।
गत जेठ १४ गते उनलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ निवासी मोतिराम पोखरेल आज डिस्चार्ज भएको कर्रास्थित आइशोलेसन वार्डका इन्चार्ज भोला चौँलागाईले जानकारी दिए ।
२७ दिनसम्म आइसोलेसन वार्डमा रहेका पोखरेल आज बिहान डिस्चार्ज भएका हुन् ।
पीसीआर परिक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनलाई डिस्चार्ज गरिएको हो ।
पोखरेललाई हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, बागमती प्रदे शसामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरूषोत्तम सेँढाइ हेटौँडा अस्पतालका मेसुडाक्टर प्रविण श्रेष्ठ, मेडिकल ल्याव यसोसिएसन मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौँलागाई सहितका प्रतिनिधिहरुले विदाई गरेका थिए ।
आइसोलेसन वार्डबाट कोरोना मुक्त भएर घर गएका उनी हेटौँडाका पहिलो ब्यक्ति भएको आइसोलेसन वार्डका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए । हाल आइसोलेसनमा मकवानपुरका ६ जना कोरोना संक्रमितहरु समेत रहेका छन् ।