हेटौंडामा सुन विक्रि नै भएन
गुगलपाटी संवाददाताहेटौंडा÷ कोरोना भाईरस अर्थात (कोभिड १९) को प्रभाव सवै क्षेत्रमा परेको छ । कोरोना भाईरसका कारणले सरकारले चैत ११ गतेबाट अहिलेसम्म पनि लकडाउन गरेको छ । लकडाउन अहिले कतै कडा छ, कतै खुकुलो छ । सरकारले असार १ गते बाट लकडाउन खुकुलो गर्ने निर्णय गरेपछि हेटौडा बजारमा चहल पहल बढेको छ । लकडाउन खुकुलो भएसंगै हेटौंडा बजारमा पनि सबै किसिमका पसलहरु खुलेको छ । बजारमा सुनचाँदी पसल पनि खुलेको छ । सुनचाँदी पसल खुलेपनि सुन चादीको खरिद विक्री भने हुन सकेको छैन । एक त लकडाउनमा ३ महिनासम्म काम सबै बन्द गरी घरमै बस्नु प¥यो व्यापारीहरु तीन महिनापछि लकडाउन खुकुलो भएर पसल खोलेकै दिन सुन तोलाको ९० हजार ३ सय पुग्यो । सुनको भाउ ह्वात्तै बढे पछि मानिसहरु सुन किन्नै छाडेका छन् । सुन पसलमा सुन किन्न भन्दा बेच्न आउने गरेको दक्षिणकाली सुनचाँदी पसलका व्यापारी ज्ञानेन्द्र सुनारले बताए । लकडाउनका बेला ३ महिना सम्म घरमा बसे । कमाउन नपाएकाले सुन किन्ने मानिसनै छैनन, बेच्नेमात्र आउछन् उनले भने । सुन बेच्न मान्छेहरु धेरै आउने हुदा पैसा भएको बेला सुन राख्ने र नभएको बेलामा हप्ताको १ चोटी गरेर पालैपालो सुन लिने गरेका व्यापारी सुनारले बताए । सुनारले मात्रै हैन हेटौंडाका सबै सुन व्यवसाहीहरुले सुन बेच्न आउनेहरुको सुन हप्तामा एक दिन पालैपालो गरेर सुन लिने गरेका छन् ।
त्यसैगरी चुरियामाई सुनचादी पसलका व्यापारी भिमप्रसाद बिश्वकर्माले पसल सुन विक्री हुन छोडेको छ । गफ गरेर दिन विताउने गरेको वताए अहिले सुनको सिजन पनि नभएको र सुनको भाउ पनि बढेको हुँदा पसलमा व्यापार नै हुदैन उनले भने । लकडाउन हुनु भन्दा पहिला १ दिनमा ४÷५ तोला सम्म व्यापार हुने गरेको बिश्वकर्माले बताए । अहिले त पसलमा गफ गरेर मात्रै बस्छौ उनले भने , सुन किन्न मान्छै आउदैनन र आए पनि सबै सुन बेच्न मात्र आउने गर्छन । तीन महिनासम्म पसल थुनेर वस्नु परेकाले सुन व्यवसायीह? पनि मर्कामा परेको वताएका छन् । तर उनीहरुको निम्ति सरकारले केही राहतको व्यवस्था गरेको छैन । मकवानपुर जिल्लामा करिब २ सय ५० वटा सुन पसलहरु छन् ।