मकवानपुरको तिनजनालाई कोरोना पुष्टि
गुगलपाटी संवाददाताकुबेतबाट नेपाल आएका तीनजना मकवानपुरे महिलामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा दुईजना मकवानपुरको महिला भनेको भएपनि त्यो संख्या ३ जना रहेको तथ्य खुलेको छ ।
कोरोना संक्रमित महिलाहरु मकवानपुरको बागमती गाउँपालिका, मनहरी गाउँपालिका तथा राक्सीराङ गाउँपालिकाको रहेको मकवानपुरमा रहेको कोरोना आइसोलेसन वार्ड हेटौँडाका प्रमुख भोलाप्रसाद चौँलागाईले बताए ।
उनीहरुलाई कुबेतबाट आउनेवित्तिकै कुपनटोलको स्टाफ कलेजको क्वारेन्टाईनमा राखिएको र कोरोना पुष्टि भएपछि उनीहरुलाई पाटन अस्पतालमा राखिएको चौँलागाईको भनाई रहेको छ ।