मकवानपुरमा चोरीतस्करी गर्नेको संख्या घट्दो

गुगलपाटी संवाददाता
८ असार २०७७ ०८:५१

कुमारी स्याङ्बो
हेटौैैैैैंडाः विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवधिमा मकवानपुरमा चोरी तस्करी गर्नेको संख्या घट्दो अवस्थामा रहेको पाइएको छ ।
मकवानपुरमा आत्महत्या गर्नेको संख्या भने बढ्दो अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताए । अधिकांश मान्छेहरु भोकमरीले गर्दा आत्मा गर्नुपर्ने बाध्य भएका छन् ।
मकवानपुरमा चालु आर्थिक वर्ष ३ महिनाका अवधिमा चोरी गर्नेको संख्या २ जना रहेका छन् । चोरी गर्नेमा एकजना रिर्चाज कार्ड चोरी गरेको आरोपमा र अर्को अटो चोरी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । उनिहरु दुवैलाई बैशाखमा पक्राउ गरेको प्रहरी जवान सोमनाथ आचार्यले बताए ।
लकडाउनको अवधिमा अपहरण गर्नेको संख्या भने शुन्य रहेका छन् । एक ठाउँबाट अर्को ठाउँमा आवाजावत नभए पछि अपहरण गर्ने मान्छेको संख्या घट्दो अवस्थामा रहेको जवान आचार्यको भनाई छ । सवारी साधनको चहलपहल नभएको कारण पनि अपहरण कम भएको उनले बताए ।
त्यस्तै चालु आर्थिक वर्ष ३ महिनाको अवधिमा मकवानपुरमा २ जनालाई हत्या गरेका छन् । दुवै हत्या बैशाखमा भएका हुन् । जसमध्ये हेटौंडा ४ मा ससुरा र नन्दले बुहारीलाई गरेको हत्या र मकवानपुर गढी गाउँपालिकामा ज्वाँईले सासुलाई गरेको हत्या हुन् ।
मकवानपुरमा लकडाउन भन्दा पहिला दिनमा अन्दाजी ३ जना लागुऔषत ओसारप्रसार गरेको आरोपमा पक्राउ गथ्र्यौ भने अहिले पहिलाको तुलानामा घट्दो क्रममा रहेको प्रहरी जवान आचार्यको भनाई छ । लकडाउनको अवधिमा मकवानपुरमा आगुऔषत सम्बन्धि २ जनालाई नियन्त्रणमा लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षका चैत्र देखि जेठ मसान्तसम्मको तथ्यांक अनुसार चैत्र महिनामा घरेलु हिंसाका ९ वटा घटना दर्ता भएका छन् । बैशाख महिनामा १३ वटा उजुरी दर्ता भएको छ । जेष्ठ महिनामा १२ जनाको उजुरी दर्ता भएको छ । ३० वटा घटनामा १८ वटा घटना फस्र्यौट भइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताए ।
त्यस्तै लैंगिक हिंसा सम्बन्धि चैत्र महिनामा ५ जनाले उजुरी दर्ता गरेको छ । वैशाख महिनामा ७ जनाले उजुरी दर्ता गरेको छ र जेष्ठ महिनामा ७ जनाको उजुरी दर्ता भएको छ । १८ वटा घटनामा १० वटा घटना फस्र्यौट भइसकेको प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठले बताए ।