मकवानपुरमा एकजनालाई कोरोना पुष्टि

गुगलपाटी संवाददाता
९ असार २०७७ ०९:५८

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ को क्वारेन्टाइमा बसेका १ महिलामा कोरोना पुष्टि भएको छ । भारतबाट आएर १३ नम्बर वडाले बनाएको क्वारेन्टाइनमा रहेको महिलामा कोरोना पुष्टि भएको र अहिले हेटौंडा–४, कर्रास्थित आइसोलसनमा ल्याइएको आइसोलेसनका इन्चार्ज भोला चौलगाईले जानकारी दिनुभयो ।

आज आइसोलेसनमा थप एक जना सहित ७ जना कोरोना संक्रमित र अन्य ५ जना शंकास्पद विरामी रहेको इन्चार्ज चौलागाईले जानकारी दिनुभयो । आज बिहान २ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने बेलुका २ जनाको रिपोर्ट नेगेटिभ आए उनीहरु डिस्चार्ज हुने उहाँले बताउनुभयो ।