भैरवडाँडामा मृत अवस्थामा शव फेला

गुगलपाटी संवाददाता
९ असार २०७७ ११:२३

हेटौँडाका एक युवा व्यवसायीको शव हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ भैरवडाँडा जाने जंगलमा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले दिएको जानकारी अनुसार हेटौँडा ५ सानोपोखरा निवासी ३० बर्षका पवित्रमान श्रेष्ठको शव आज विहान फेला परेको हो ।

राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जंगलमा उनको शव उत्तानो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको शव नजिकै किटनाशक औषधीसमेत भेटिएको छ ।

किटनाशक औषधी शेवन गरेर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट बुझिएको प्रवक्ता रानाले जानकारी दिए ।

उनको शव पोष्टमार्टको लागि हेटौँडा अस्पतालको शव गृहमा ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता रानाको भनाई छ । मृतक श्रेष्ठ जग्गा सम्बन्धि व्यवसायमा आवद्ध थिए ।