बुहारी संयुक्त आवाज समुहको स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

गुगलपाटी संवाददाता
९ असार २०७७ ११:३३

हेटौंडाः सामाजिक संजाल अन्तर्गत गठित समुह मेची महाकाली बुहारी संयुक्त आवाज अन्तर्गतको स्वागत तथा बधाई कार्यक्रम मंगलबार हेटौंडामा सम्पन्न भएको छ । बुहारीहरुको पिडा र दुःखलाई समेटेर उक्त कार्यक्रम गरिएको थियो । केही समय अगाडी ससुरा र नन्द मिलेर हत्या गरिएकी सुस्मिता थापाले न्याय पाउनुपर्छ, सुस्मिता थापाहरु अब मारिनु हुन्न भन्ने कुरामा अभियन्ताहरुले जोड दिएका थिए ।
मेची महाकाली बुहारी संयुक्त आवाज समुहको कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित् हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलले कानुनमा विभेद हटाउनुपर्छ भन्ने कुरामा जोडेका थिए । सिग्देलले कानुनमा विभेद हटाउनुपर्छ भनिएको भएता पनि व्यवहारमा लागु नभएको बताए । हेटौंडा ४ कर्रामा भएको सुस्मिता थापाको हत्या प्रकरणलाई जोड्दै हत्यारालाई कानुन अनुसार कारबाही हुनुपर्छ भन्ने कुरामा उनले जोड दिएका थिए । अपराध अपराध नै हो यसलाई राजनैतिककरण गर्न नहुने कुरामा पनि उनले आफनो भनाई राखेका थिए ।
यसैगरि मेची महाकाली बुहारी आवाज चितवन शाखाकी संयोजक महेश्वरी खड्काले दिदी बहिनीको दुःख सुःख शेयर गरेर समस्या र समाधानलाई मध्यनजर गर्दै अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा मेची महाकाली बुहारी आवाजकी केन्द्रिय प्रवक्ता मन्जु खाँड, चितवन शाखा सल्लाहकार कल्पना खड्का, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धकी संजाल संयोजक आरती पाठक, माइती नेपालकी संयोजक माया लामा र हेटौंडाका मेची महाकाली बुहारी आवाजका सदस्यहरु लगायतको उपस्थिती रहेका छन् ।