न्यौपाने द्धारा डस्विन वितरण
गुगलपाटी संवाददाताहेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० नेकपाका सचिव तथा युवा नेता सन्तोष न्यौपानेले हेटौंडा वडा नम्बर १० का १२ ओटा टोलविकास संस्थाहरुलाई डस्विन वितरण गरेका छन् । हेटौंडा १० को न्युरेनी टोलविकास संस्थालाई ३० ओटा डस्विन वितरण गरि कार्यक्र सुरु गरेका थिए । न्यौपानेले लकडाउनको बेलामा आफनै खर्चबाट सय परिवारलाई रु १५ सय बराबरको खाद्यान्न, १ हजार जनालाई माक्स र मातातिर्थको अवसरमा पनि १ सय २० वृद्धआमाहरुलाई साडी वितरण सेवा पु¥याएका थिए । यी सबै खर्चहरु आफनै आर्थिक सहयोगमा गरिएको न्यौपानेले बताए ।