हेटौंडा आइसोलेसनमा १६ जना

गुगलपाटी संवाददाता
११ असार २०७७ ०९:१६

हेटौडा–४, स्थित कर्राको आइसुलेसनबाट आज ५ जना डिस्चार्ज भएका छन् । कोरोनाको रिपोर्ट नेगेटिभ आएका ५ जनालाई डिस्चार्ज गरिएको आइसोलसनका इन्चार्ज भोला चौलागाईले बताउनुभयो ।
आज दश जनाको स्वाबको नमुना संकलन गरेर कोरोना परिक्षणको लागि हेटौंडा–१० मा रहेको कोरोना प्रयोगशालामा पठाइएको चौलागाईले बताउनुभयो ।

आज आइसुलेसनमा ३ जना कोरोना संक्रमित सहित १६ जना रहेका छन् । पछिल्लो दिनहरुमा पिसिआर परिक्षण गर्न हेटौंडाको प्रयोगशालामा भिड छ । आइसोलेसनबाट भने नियमित स्वाब संकलन गरेर परीक्षण गर्न प्रयोगशाला पठाइरहेको उहाँले बताउनुभयो ।

होल्डिङ सेन्टरबाट आज ९ जना बिदाई
हेटौंडा–१०, फरेष्टी क्याम्पसमा संचालनमा रहेको होल्डिङ सेन्टरबाट आज ९ जनालाई बिदाई गरिएको छ । गएराति विभिन्न मुलुकबाट आएका ९ जनालाई स्थानिय तहले निर्माण गरेको क्वारेन्टाइमा पठाइएको होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजी श्रेष्ठले बताउनुभयो ।

उनीहरुमध्ये ३ जनालाई मनहरी गाउँपालिका, १ जनालाई भीमफेदी गाउँपालिका, हेटौडा नगरमा ५ जनालाई पठाएइको हो । हिजो बेलुका होल्डिङ सेन्टरमा २ महिला सहित ९ जना आएका थिए । त्यस्तै आजसम्म होल्डिङ सेन्टरमा १९ महिला सहित ४ सय ३१ जनाले सेवा लिइसकेका छन् ।