समयमा औषधी नआउँदा समस्या
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
हेटौंडाः मकवानपुरका मेडिकलहरुमा समयमा औषधी नआए पछि मेडिकलवालाहरु समस्यामा पर्न थालेका छन् । सवारी साधन नचलेर औषधी आउन नसकेको उनिहरुले बताए । कोरोना भाइरस (कोभिड १९) को कारण बजारमा चहलपहल नभएपछि मेडिकलहरुमा मान्छेको आवाजजावतको संख्या घट्दो अवस्थामा रहेको देखिन्छ । लकडाउनको अवधिमा दैनिक मेडिकल खोल्दा पनि बिक्री वितरण भने कम रहेको मेडिकलका सञ्चालकहरुले बताए । हेटौंडाका मेडिकलहरुले दुरी कायम गरि बिरामीलाई सेवा सुविधा दिँदै आएका छन् । डर र त्रासमा रहि बिरामीहरुलाई सेवा दिनभने पछि नपरेको उनिहरुको भनाई छ ।
हेटौंडा स्थित राप्तिरोडमा रहेको सन्जिवनी आयुर्वेधिक क्लिनिकमा लकडाउन भन्दा पहिला दैनिक २०÷२५ जना बिरामी आउने गथ्र्यौ भने लकडाउनको अवधिमा ४÷५ जना बिरामीहरु आउने गरेको प्रोपाइटर तुलसी गिरिले बताए । सन्जिवनी मेडिकलमा लिभर, ग्यास्टिक, सुगर, प्रेसर, जन्डिस सम्बन्धि बिरामीको चेकजाँच हुने गरेको छ । लकडाउनले गर्दा व्यापार नभएको प्रोपाइटर गिरीको भनाई छ । पहिला गाउँघरबाट उपचार गर्न आउनेको भिड लाग्थ्यो भने अहिले सवारी साधन नचलेपछि गाउँका मानिसहरु आउन कम भएको छ । मेडिकलमा औषधीको सटेज भएको छ । समयमा औषधी नआएकोले बिरामीलाई सेवा दिन समस्या आइपरेको गिरीले बताए । त्यस्तै मेडिकलमा दैनिक माक्स ३०÷४० पिस र सेनिटाइजर १०÷१५ बोतल बिक्री हुने गरेको गिरिको भनाई छ ।
यसैगरि हेटौंडा बसपार्कमा रहेको अमर मेडिकल हलमा लकडाउन अवधि भन्दा पहिला औषधी किन्न दैनिक १ सय देखि २ सय जना आउने गथ्र्यो भने अहिले ४०÷५० जना बिरामी आउने गरेको प्रोपाइटर बिष्णु गिरीले बताए । मेडिकलमा धेरै मात्रमा सुगर, प्रेसरको औषधी किन्न आउनेको संख्या बढि रहेको उनले बताए । उक्त मेडिकलमा औषधी बिक्री बितरण मात्र गरिन्छ । बिरामीहरुको चेकजाँच गर्नको लागि भने हेटौंडा अस्पतालमा पठाउने गरिएको उनको भनाई छ । मेडिकलले दुरी कायम गरी औषधी बिक्री वितरण गर्दै आएको गिरिले बताए । लकडाउनको अवधिमा भने मेडिकलमा माक्स ६०÷७० पिस र सेनिटाइजर ९÷१० बोतल बिक्री हुने गरेको मेडिकल सञ्चाकहरुको भनाई छ । लकडाउनको अवधिमा मेडिकल माक्स र सेनिटाइजरको माग बढेको मेडिकल सञ्चालकहरु बताउँछन् ।
त्यस्तै हेटौंडा स्थित राप्तिरोडमा रहेको बद्रकाली फार्मेसीमा पहिलाको तुलनामा व्यापार भने कम रहेको प्रोपाइटर नेहा झाले बताइन् । लकडाउन अवधिमा बद्रकाली मेडिकलले दिनँहु ५०÷६० जना बिरामीलाई सेवा प्रदान गरेका छन् । फार्मेसीमा सुगर, पे्रसर, रुघाखोकी, छाला सम्बन्धि, ज्वरो, मानसिक तनाव, जिउँ काम्ने, मुटु काम्ने, टाइफाइट भएका बिरामीहरु धेरै आउने गर्दछन् । गत महिना चैत्र र बैशाखमा मेडिकलमा ग्राहक नआएको प्रोपाइटर झाको भनाई । उक्त मेडिकलमा चेकजाँच गर्न आएको बिरामीहरुमा कोरोना संक्रमण नरहेको उनले बताइन् । बिरामीको अवस्था हेरेर भित्र राख्ने गरेका छन् । मेडिकलमा माक्स दिनमा सय पिस र सेनिटाइजर ५÷६ बोतल बिक्री हुने गरेको पाइएको छ । सवारी साधनको चहलपहल नभएकोले मेडिकलमा औषधी समयमा उपलब्ध नरहेको उनले भनिन् ।