मकवानपुरका किसानहरुलाई प्राथमिकता
गुगलपाटी संवाददाताहेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा किसानका निम्ती प्राथमिकताका साथ काम गरेको छ । हेटौंडाका पछी थपीएका वडाका किसानलाई लक्षित गरेर चालु आर्थिक वर्षमा विभीन्न काम सञ्चालन गरिएको उपमहानगरपालिकाका मृयर हरिबहादुर महतले वताउनुभयो । उपमहानगरपालिकाले बाख्राको खोर तथा गोठ सुधारका काम गरेको छ । कृषि तर्फ नगरको वडाहरुमा कृषक समूहहरुलाई तरकारी एवं अन्नबालीको बीउ वितरण, जैविक तरकारी उत्पादनको लागि प्लाष्टिक टनेल निर्माण, नगरको बिभिन्न ६ स्थानहरुमा माटो परिक्षण कार्य गरिएको मेयर महतले वताउनुभयो ।
किसानका उत्पादनलाई प्राथमिकता दिनेगरी नगरस्तरीय कृषि मेला प्रदर्शनी, उत्कृष्ट कृषक पुरस्कार वितरण, १६ वटा समुह तथा सहकारी मार्फत साना सिंचाई संरचना निर्माण तथा मर्मत, कृषि सहकारीहरू मार्फत बिभिन्न कार्यक्रम संचालन र ४० टन कृषि चुन वितरण कार्य सम्पन्न गरिएको उहाँले वताउनुभयो ।
यसैगरी निशुल्क पशु कृत्रिम गर्भाधान कार्यक्रम, ब्यबसायिक कृषक समूहहरुलाई उन्नत जातका बाख्रा एवं बोका वितरण, पाडापाडी वितरण कार्य, बाख्राको खोर तथा गोठ सुधार कार्यक्रम, उन्नत जातका घाँस वितरण कार्यहरु सम्पन्न गरिएको मेयर महतले वताउनुभयो । नगर कृषि तथा पशुसंग सम्बन्धित प्रोफाईल तयारीका लागि तथ्यांक संकलन गर्ने कार्य सम्पन्न भएको छ ।
साविक डिभिजन सहकारी कार्यालयबाट हस्तान्तरण भई हाल २ सय २५ वटा सहकारी संस्थाहरु नगरमा क्रियाशील रहेका छन । जिल्ला सहकारी संघको समन्वयमा बचत तथा ऋण सहकारी र दुग्ध सहकारी संस्थामा आबद्ध २५ जना कर्मचारीहरुलाई २ दिने कोपोमिस तालिम, सहकारी ब्यबस्थापन र लेखा सम्बन्धी तालिम सम्पन्न भएका छन ।
नगर क्षेत्र भित्र रहेका सहकारी संस्थाहरुको तोकिएको समयमा नै बार्षिक साधारण सभा सम्पन्न गर्न र कोपोमिस सफ्टवेयर मार्फत नियमित प्रतिबेदन गर्ने प्रणालीको विकास गर्न नियमित रुपमा अनुगमन गरिएको उहाँले वताउनुभयो । नगर क्षेत्र भित्र रहेका घ बर्गका ३ सय ५ जना निर्माण ब्यबसायीहरुको ईजाजत फर्म नबिकरण गर्ने कार्य सम्पन्न भई नियमानुसार ठाउँसारी, नामसारी तथा लगत कट्टा गर्ने कार्य पनि सम्पन्न भएको छ ।
महिला उद्धमीहरुलाई प्रोत्साहनका लागि महिला ब्यापार मेलामा सहयोग, स्थानीय हाटबजार ब्यबस्थापनको लागि सेड घर निर्माण, उद्धम विकासको लागि दलित समुदायलाई सिलाइ मेशिन वितरण, जुत्ता ब्यबसाय संचालनका लागि औजार उपकरण सहयोग कार्य सम्पन्न भएको छ ।