राक्सिराङ गाउँपालिकाले ग¥यो बाल विवाह बदर
गुगलपाटी संवाददाताराक्सिराङ गाउँपालिका ८ मा भएको बाल विवाह जनप्रतिनिधिहरुको सहजीकरणमा बदर गरिएको छ । उमेरै नपुगी विवाह गरेका एक जोडीलाई राक्सिराङ गाउँपालिका ८ नं वडाका अध्यक्ष रामकृष्ण प्रजा तथा अन्य जनप्रतिनिधिहरुको सहजीकरणपछि बदर गरिएको हो ।
राक्सिराङ गाउँपालिका वडा नं ८ सानो टोड्केकी एक किशोरीको सोही वडाको पाम्बुङमा भागी विवाह भएको बताइएको छ । असार ९ गते भागी विवाह गरेका १८ बर्षीय किशोर र १७ बर्षीया किशोरीलाई छुटाएर अभिभावकको जिम्मा लगाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
८ नं वडाध्यक्ष रामकृष्ण प्रजाले किशोर र किशोरीको परिवारसँग छलफल गरी बाल विवाहलाई बदर गरिएको जानकारी दिनुभयो । ‘कानून बिपरित विवाह भएको थाहा पाएपछि किशोर किशोरीका बाबुआमालाई सम्झाएर उमेर पुगेपछि मात्रै विवाह गर्ने कुरामा राजी गरायौँ’, वडाध्यक्ष रामकृष्णले भन्नुभयो ।